Thursday, July 19, 2018

खोप सम्बन्धि जानकारि

श्रावण महिनाको ४,५ र ६ गते  सञ्चालन हुने खोप क्लिनिकमा खेाप लगाउनुपर्ने वालवालिकाको विवरण, तपाईहरुको नजिक् पर्ने नानिबाबुहरुका अभिभाबकलाई जानकरि प्रदान् गरि सहयोग गर्न अनुरोध गर्दछौ ।।



सन्दर्भ महिला स्वास्थ्य स्वयम सेविका दिवस


लक्ष्मण ढकल
प्रमुख
भकुण्डे स्वास्थ्य चौकि

बिगतका बर्षहरुमाझै एस बर्ष पनि बिबिध कार्यक्रमका बिच आज अर्थात डिसेम्बेर ५ तारिखका दिन महिला स्वास्थ्य स्वयम सेविका दिवास मनाइदै छ । उक्त दिवस पहिला ओक्टोबर १ (ओक्तोबेर् १) मा मनाईन्थ्यो भने पछि यसलाइ अन्तराष्ट्रीय स्व्यमसेवक दिवसको दिन् डिसेम्बर ५ (डेकेम्बेर् ५) मा मनाउन थालिएको हो । यस बर्ष "महिला स्वास्थ्य स्वयंसेविकाको निस्वार्थ सेवा: स्वस्थ, समृद्ध राष्ट्र निर्माणमा टेवा" भन्ने मुल नाराका साथ यो दिवस मनाईदैछ ।
नेपालमा २०४५ सालमा वडा आधरमा महिला स्वास्थ्य स्व्यम सेविका छनोट गर्न सुरु गरिएको हो । पछि यसलाई जन्सख्याको आधारमा छनोट गर्न थालियो । नेपालमा हाल ५१४१६ जना को हाराहारिमा स्वयम सेविका सेवा गरिरहेका छन । महिला स्वास्थ्य स्वयम सेविकाको छनोट उक्त गाउपालिका नगरपालिका अन्तर्गत पर्ने वडाका टोलाहरुमा रहेको स्वास्थ्य महिला समुहले गर्ने गर्दछन । 
महिला स्वस्थ्य स्वयम सेविक निस्वार्थ सेवा पुर्‍याउने हेतुले काम गर्ने गर्दछन । सेवा गरे बापत उनिहरुले धन्यबाद सिबाए अरु केहि पाउदैन । उनिहरुको मुख्य उद्धेश्य समाजमा रहेका आमा र परिवारलाई स्वस्थ बानाई स्वस्थ बन्न उत्प्रेरित गर्नु हो । उनिहरुले बिशेष गरि गर्भवति महिला, सुत्केरि महिला र बालबालिकाको स्वास्थ्यको क्षेत्रमा काम गर्ने गर्दछन् । यसका साथै उनिहरुले परिवार नियोजन जस्ता कृयाकलापमा सवास्थ्यकर्मिहरुलाई सहयोग पुर्‍याउदछन् । बालबालिकालाई खोप लागाउन जनचेतना प्रदान गर्नु, अर्धबार्षिक रुपमा भिटामिन "ए" (Vitamin A) र जुकाको औसधि खुवाउनु, झाडापखला लगेको बच्चालाई जिवनजल र जिंक चक्कि प्रदान गर्नु, गर्भवति महिलालाइ नियमित रुपमा घरभेट गर्ने सथै आवास्यक सल्लाहा प्रदान गर्ने । गर्भवति तथा ४५ दिन सम्मका सुत्केरि महिलालाई आइरन चक्कि बितरण गर्न सहयोग गर्नु, स्वस्थ्य सस्थामा प्रसुतिको लागि सल्लाहा दिनु, गर्भवति अवस्थामा देखा पर्ने खतराका लक्षेणको बारेमा जनकरि दिनु, सुतेकेरि हुनु पुर्ब अवास्यक पर्ने तयारिको जानकारि दिने, नवाजात शिसु तथा सुत्केरि महिलालाइ नियमित् रुपमा भेट गर्नु र आवास्यक सल्लह दिनु, आस्वस्यक परेको खण्डमा प्राथमिक उपचार सेवा उपलब्ध गराउने, पोषण सम्बन्धि जानकारि प्रदान गर्नु जस्ता कार्य स्व्यमसेविकाले गर्ने गर्दछन् ।

उनिहरुकै देनका कारणले अहिले नेपालमा नवजात मृत्यु मातृ तथा बाल मृत्युदर निकै घटिरहेको छ । उनिहरुले बर्षमा झन्डै ५३% महिलालाई पिल्स चक्कि र ४८% बालबालिकालाई जिबनजल प्रदान गर्ने गरेको तथ्याङ्क स्वस्थ्य सेवा बिभागले आफ्नो बार्षिक प्रतिबेद्दनमा उल्लेख गरेको छ । यो परिपेक्षलाई नजिकबाट नियाल्ने जोकसैले पनि महिला स्वस्थ्य स्वयम सेविकाको भुमिकालाई नकार्न सक्दैनन । महिला स्वस्थ्य स्व्यम सेविका सर्वेक्षण २०१४ (FCHV Survey 2014) को प्रतिबेदन लाई हेर्ने हो भने उनिहरुले दिनम झन्डै ४ घण्टा स्वास्थ्यको क्षेत्रमा योगदान पुर्‍याउने गर्दछन्, औसतमा ८३ % स्वयम सेविका साक्षर छन भने उनिहरुको औसत उमेर ३८ बर्ष रहेको छ। 

Welcome to Bhakunde Health Post Official site.

This site under construction. 
Thank for your patience.